
खोटाङ, पुष–१८, खोटाङको खिदिमा गाविसमा महिलाको बजेटबाट वर्षभरी सञ्चालन गरिने योजनाको टुंगो लगाइएको छ । स्थानीय महिला जनशक्ती समुहको आयोजना भएको योजना तर्जुमा समितिको बैठकले परिषदबाट बिनियोजन हुने रकमबाट सञ्चालन गर्ने योजनाहरुको टुंगो लगाएको हो ।
महिलाकालागि विनियोजन हुने १० प्रतिशत रकमबाट रिङप्रेसरी शिबिर, महिला नेतृत्व बिकास तालिम, सिलाईकटाई तालिम, ढाका बुनाई तालिम लगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको स्थानीय सामुदायीक स्वयंसेबक बिमला राईले जानकारी दिनुभयो । बैठक समुहकी अध्यक्ष कलादेबी राईको सभापतित्वमा सम्पन्न भएको थियो ।