खोटाङ, पुस–१९, खोटाङबजारमा संबिधानको विषयमा जानकारी दिन प्रचारात्मक कार्यक्रम गरिएको छ । गाबिसको आयोजनामा शनिबार प्रचारप्रसारमुलक कार्यक्रम गरिएको हो । कार्यक्रममा संबिधानका बिशेषता, मर्म र भावनाका बिषयमा जानकारी दिइएको स्थानीय सामुदायीक स्वयंसेबक खेमकुमारी खत्रीले जानकारी दिनुभयो । 
राजनैतिक दल, बुद्धिजिबी, संघसंस्थाका प्रतिनिधि, सर्वसाधारणको सहभागीतामा कार्यक्रम गरिएको हो ।