
गत पुस–८ गते बाक्सिलास्थित बुधबारे हाट भरेर घर फर्कदै गरेका राईको शव सात दिनपछि बास्पानी–५ र ७ को सिमानामा पर्ने ठाडो खोल्सीमा पुस–१४ गते बेलुका फेला परेको थियो । हाट भर्न भन्दै घरबाट हिडेका राई साता दिनसम्म खोजी गर्दा फेला नपरेपछि आफन्तले प्रहरी चौकी बाक्सिलामा हुलिया दिएका थिए ।
स्रोतका अनुसार पुस–८ गते बास्पानीका ८/१० जना युवाहरुले राईलाई कुटपिट गरेका थिए । पहिले नभेटिएको ठाउँमा शंकास्पद अवस्थामा राईको शव फेला परेकाले स्थानीय दश जना युवाविरुद्ध प्रहरीमा टिकानी जाहेरी दिइएको मृतकका आफन्त धनकुमार राईले जानकारी दिनुभयो ।
राईमाथि रातको समयमा कुटपिट भएकाले घटनाका विषयमा अनुसन्धान गर्न ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । घटनाको विषयमा अनुसन्धान गर्न विशेष टोली परिचालन गरिएको माझीले जानकारी दिनुभयो ।