
खोटाङ, २७ पुस । पृथ्वी जयन्तीको अवसरमा जिल्ला अस्पताल खोटाङका बिरामीलाई फलफुल वितरण गरिएको छ ।
जिल्ला अस्पताल दिक्तेलमा उपचार गराइरहेका बिभिन्न प्रकृतिका १३ जना बिरामीलाई पृथ्वी जयन्तीको अवसमा सोमबार फलफुल वितरण गरिएको हो । पृथ्वी जयन्तीको अवशरमा राप्रपा नेपाल र राप्रपाले संयुक्त रुपमा बिरामीलाई फलफुल वितरण गरेका हुन् ।
बिरामीलाई राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवन श्रेष्ठ र राप्रपाका अध्यक्ष ललितकुमार राईको नेतृत्वमा गएको नेता तथा कार्यकर्ताले फलफुल बाँडेका हुन् ।