खोटाङ २६ मंसिर । नेकपा एमालेका नेता विशाल भट्टराईले पार्टी नेतृत्वले प्रदेशको जिम्मावारी दिने प्रस्ताव राख्दा सहजै स्वीकार गरेर आफैंले सुरुमा कमजोरी गरेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कमिटीको बैठकबाट केन्द्रिय सदस्य हुँदै पोलिटब्यूरो सदस्य चयन भएका उनले विभिन्न कारण देखाउँदै केन्द्रकै जिम्मेवारीमा फर्किएको जनाएका छन् । यस्तो छ उनले सामाजिक सञ्जालमा व्यक्त गरेको विचारः
हार्दिक आभार पार्टी केन्द्रीय कमिटीलाइ
पार्टीको नेतृत्वले प्रदेशको जिम्मावारी दिने प्रस्ताव राख्दा सहजै स्वीकार गरेर म आफैंले सुरुमा कमजोरी गरेको हो।पछि अनेकन् कोणबाट सोच्दा प्रमूख सचेतकको काम, जिल्लाको बिकास – निर्माणको काम, अनि ७९ वटा वडाको ठूलो भूगोलको जिल्लामा निर्वाह गर्नुपर्ने जनप्रतिनिधिको दैनन्दिनको काममा प्रदेशको जिम्मा थपिदा आइपर्ने ब्यस्तता धान्न सकिने सम्भावना थियेन , तसर्थ म केन्द्रकै जिम्मेवारीमा फर्कनुपर्ने बाध्यता भयो।

यो बाध्यता बुझेर मलाई आज बसेको पार्टी केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरी पोलिट्ब्युरो सदस्यको जिम्मेवारी दिएकोमा पार्टी केन्द्रीय कमिटी, पार्टीका श्रद्धेय अध्यक्ष , महासचिव लगायतको सिङो नेतृत्व टिमप्रति सहृदय आभार ब्यक्त गर्दछु ।

आफ्नो बुद्धि, बर्कत, समय र बिबेकले भ्याएसम्म प्राप्त जिम्मेवारी पुरा गर्न हरसम्भव प्रयत्नशील रहने सार्वजनिक बचनवद्धता ब्यक्त गर्दछु ।
२६ मंसिर,२०७८