
खोटाङ, २७ पुस । खोटाङको दिक्तेल नगरपालिकाले साँढे ४ करोड बढि बजेट बिनियोजन गरेको छ । आईतबार सम्पन्न नगर परिषदले नगर क्षेत्रको बिकासकालागि ४ करोड ८३ लाख २८ हजार बराबरको अनुमानित बजेट विनियोजन गरेको हो ।
गत आर्थिक वर्ष ५ करोड ४२ लाख ३९ हजार बजेट बिनियोजन गरेको नगरपालिकाले यस वर्ष भौतिक पुर्वाधार, खानेपानी तथा सरसफाई, बिपद व्यवस्थापन तथा भू–संरक्षण, विद्युत तथा वैकल्पिक उर्जा, शिक्षा, स्वास्थ्य, वन वातावरण तथा जलवायु परिवर्तन, कृषि तथा पशु, व्यवस्थित बस्ती विकास, पर्यटन, सूचना तथा सञ्चार, युवा तथा खेलकुद, सुशासन तथा संस्थागत विकासको विकासलाई प्राथमिकतामा राखेर बजेटको व्यवस्था गरिएको दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत नारायण ढकालले बताए । मन्त्रालयको निर्देशिका, त्रि–वर्षीय योजना तथा आवधिक योजनाले निर्देशित गरेअनुशार निती, कार्यक्रम तथा बजेट तयार पारिएको नगरपालिकाले जनाएको छ ।

यस्तै, प्रबद्र्धनात्मक तथा बजेट शुल्कतर्फ प्रशासन चेर्पा बरडाँडा–लाला स्कुल सडक निर्माणका लागि २ लाख, सिमेडाँडा सडक चुप्ला शंखु–नुनथला सडक बिस्तारमा २ लाख, राजेम्पाडाँडा खानीडाँडा सडकका लागि २ लाख, आहाले राईटोलडाँडा लुलिम हुँदै दोर्पा जोड्ने सडककालागि १ लाख १५ हजार, दिक्तेल नपा १० देखि राई बिरे सार्कीटोल–तावा दोभान हुँदै टेम्मा सडक निर्माणमा १ लाख १५ हजार, डाँडाखर्क घुम्तीबाट अस्पताल रोड जोड्ने सडकका लागि १ लाख, भबिन्द्र कठायतको घरदेखि शिक्षा कार्यालय जाने बाटोका लागि १ लाख १५ हजार, दिक्तेल रत्नपार्क–डल्लेदोभान सडक मर्मतमा २ लाख बजेट छुट्याइएको छ । परिषदले ओख्रेदोभान आर्यघाटकालागि १ लाख, आचार्य गाउँ बसपार्कका लागि ३ लाख, स्वास्थ्य प्रबद्र्धनात्मक कार्यक्रमका लागि १ लाख र कृषि पब्रद्र्धनका लागि १ लाख १५ हजार बिनियोजन गरेको छ ।
यस्तै, राजस्व बाँडफाँडतर्फ ध्रुब श्रेष्ठको घरहुँदै गेष्ट हाउस जाने बाटोका लाििग १ लाख १५ हजार, युवा तथा खेलकुदका लागि २ लाख ५० हजार, कारागार हुँदै खेलमैदान जोड्ने सडकका लागि १ लाख १५ हजार, दिक्तेल क्याम्पसकालागि १ लाख १५ हजार लगायतका बजेट बिनियोजन गरिएको कार्यकारी अधिकृत ढकालले जानकारी दिए ।