खाेटाङ २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ खाेटाङ आईपुगेका छन् । भाेजपुरबाट चखेवा हुँदै साेल्मामा पार्टीकाे प्रशिक्षणका लागि विप्लव खाेटाङ आईपुगेका हुन् ।
विप्लव शनिबार भाेजपुरबाट चखेवा हुँदै खाेटाङकाे सेखुवा आए । सेखुवामा उनकाे स्वागत गरिएकाे थियाे । सरकारले प्रतिबन्ध गरेकाे बेला सेखुवालाई विप्लवका नेता कार्यकर्ताले सेल्टरका रूपमा प्रयाेग गरेका थिए । सेखुवा नेकपा नेता चन्द्र बुढाथाेकीकाे गाउँ समेत हाे । प्रतिबन्धका बेला सुरक्षाकर्मीले उक्त गाउँमा पटक पटक निशाना बनाएकाे थियाे । उक्त गाउँमा विप्लवले स्थानीयका सुझाव सल्लाह समेत लिएका थिए । त्यसपछि उनले १०/१२ मिनेट सम्बाेधन समेत गरे । लगत्तै निर्मलीडाँडामा पुगेर सहिद परिवारकाे सम्मानमा आयाेजित छाेटाे कार्यक्रममा सरिक बने ।
विप्लव शनिबार नै साेल्मामा पुगेर पार्टीकाे प्रशिक्षणमा सहभागी बने । स्राेतका अनुसार विप्लवले खाेटाङ, भाेजपुर र साेलुखुम्बुका अगुवा नेतालाई प्रशिक्षण दिएका थिए । प्रशिक्षण आन्तरिक भएकाले पत्रकार तथा सुरक्षाकर्मीलाई समेत प्रवेशमा प्रतिबन्ध लगाईएकाे थियाे । सहभागीहरूलाई समेत माेबाइल अफ गर्न लगाईकाे बताईएकाे छ ।