काठमाडाैं २५ मंसिर । काठमाडाैंमा किरात रदु नाछिरिङ साखाम केन्द्रको रिदुम खिम (मुन्धुम घर) निर्माण सुरु गरिएको छ । गोकर्णेश्वर नगरपालिका–४ उत्तरगया/उत्तरवाहिनीमा साँढे तीन तलाको रिदुम खिम (मुन्धुम घर) निर्माण सुरु गरिएको हो ।

२ करोड २८ लाख ५४ हजार ९२५ रुपैयाँको लागतमा निर्माण हुन
लागेकाे हाे । ८२ लाख ९७ हजार ९२५ रुपैयाँमा ६ आना जग्गा खरिद गरेर रिदुम खिम निर्माणको काम सुरु गरिएको हो ।

पुर्वी नेपालमा बसोबास गर्ने नाछिरिङ समुदायले आफ्नो सामुदायिक हित, भाषा, संस्कार, संस्कृति, विकास, संरक्षण एबं प्रर्बधनका लागि काठ्माण्डौंमा रिदुम खिम निर्माण सुरु गरेको हो ।

चन्दा तथा सहयोग जुटाएर दुई वर्षभित्र रिदुम खिम निर्माणको काम पुरा गरिने केन्द्रले जनाएको छ । भवन निर्माणका लागि गोकर्णेश्वर नगरपालिकाबाट १५ लाख बजेट प्राप्त भएको जनाइकाे छ । यस्तै, आदिवासी जनजाती उत्थान प्रतिष्ठानबाट २० लाख सहयोगको प्रतिवद्धता जुटेको केन्द्रले जनाएको छ ।