खाेटाङ २५ मंसिर । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ जिल्ला शाखा खोटाङको अध्यक्षमा रामधन राई निर्वाचित भएका छन्। यसअघि पनि अध्यक्ष रहेका राई महासंघको चौथो जिल्ला अधिवेशनबाट सर्वसम्मत पुनः अध्यक्षमा दोहोरिएका हुन्।

शनिबार जिल्ला समन्वय समितिको सभाहलमा भएको अधिवेशनबाट राईको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ। महासंघको उपाध्यक्षमा चिसाङ शेर्पा पनि दोहोरिएका छन्।

यस्तै, सचिवमा सन्जिव राई, सह–सचिवमा उमेश भुजेल, कोषाध्यक्षमा एल्जिना राई, सदस्यहरुमा कृष्णकला राई, असल चरित्र राई, सुनिल श्रेष्ठ, जीवन राई, पूजा राना, जीवन राना, कला राई, तजिना राई, प्रवीण राई र कोसीकुमार राई छन्।

प्रदेश प्रतिनिधिमा खिलन राई, कृष्णकला राई, सुदीप राई तथा केन्द्रीय प्रतिनिधिमा सूर्य तामाङ, संगीता राई र टिवन राई सर्वसहमत चयन भएका छन्।