काठमाडौं २४ मंसिर । नेपाली कांग्रेस नेतृ हिरा गुरुङले कांग्रेसको जारी १४ औं महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । खोटाङ निवास गुरुङले जनजाति महिला तर्फबाट केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिन लाग्नु भएको हो ।

प्रतिनिधिसभा सदस्य समेत रहनु भएकी गुरुङले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्दै स्वदेश तथा विदेशबाट आउनुहुने महाधिवेशन प्रतिनिधि साथीहरुलाई मतदानका लागि आह्वान समेत गर्नु भएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको शुक्रबार उदघाटन सम्पन्न भएको छ । भोलि शनिबार बन्दसत्र अन्तर्गत निर्वाचनको कार्यक्रम हुनेछ ।