खोटाङ, माघ २, सबलमा काँँग्रेस र एमालेको ताला लगाउँने खेल सकिएको छ । एमाले निकटका युवा संघ र अनेरास्ववियूले संस्था छनौटमा अपारदर्शीताको कारण देखाउँदैे सबल परियोजनाको कार्यालयमा ताला लगाएपछि त्यसको बिरोधमा काँग्रेस निकट नेपाल तरुण दल र नेबिसंघले गैर सरकारी संस्थाले राजनैतिक पार्टीको जस्तो संस्था बनाएको भन्दै गैसस महासंघको कार्यालयमा लगाएको ताला बिहीबारबाट खोलिएको हो ।
स्थानीय शान्ति समितिको आयोजनामा बसेको बैठकले आगामी दिनमा सवलले संस्था छनौटमा पारदर्शीता गर्नुपर्ने, गैसस महाँसंघले राजनैतिक छाताभित्र नभई जिल्ला बिकास समितिको मातहत भीत्र रहेर काम गर्नुपर्ने, कर्मचारी छनौटमा सवलले ७ दिनभित्रमा दरखास्त आह्वानका लागि सूचना तत्काल निकाल्नुपर्ने, गैसस महासंघको सम्मेलन पछि भएको बिबादलाई सकारात्मक ढङबाट हल गरिने, कर्मचारी छनौटका लागि निष्पक्ष छनौट समिति गठन गरिने लगायतका विषयमा सहमति काँग्रेस एमालेलगायतका पार्टीहरुको सहमति भएपछि ताला खोलिएको स्थानीय शान्ति समितिका सचिव दिनेश घिमीरेले जानकारी दिए ।
राजनैतिक दलका प्रमुख, गैर सरकारी संस्था, भातृसंगठन, सवल र सरोकारवालहरु उपस्थित रहेको बैठकले बिगतका दिनमा भएका कमजोरीलाई सच्याउँदैं आगामी दिनमा केन्द्रबाट आएका साना ठूला सवै कार्यक्रमहरुलाई राजनैतिक भागबन्डामा नभई सवै संघसस्थालाई समानुपातिक बितरण गर्ने समेत प्रतिबद्धता जनाएको घिमिरेले जनाए । साझेदार संस्था छनौटमा पारदर्शिता कायम नगरेको तथा दलसँग समन्वय नगरी यूएसएआइडीको परियोजना सञ्चालन गर्न लागिएको भन्दै युवा संघ र अनेरास्वबियुले सवलको कार्यालयमा गत पौष ८ गते ताला लगाएपछि त्यसको लगत्तै एमाले निकटका संस्थालाई परियोजना नपरेकै आधारमा सवलमा ताला लगाइएको भन्दै नेपाल तरुण दल र नेबिसंघले गैर–सरकारी संस्था महासंघको कार्यालयमा ताला लगाएका थिए । यसअघि पनि दलकै किचलोका कारण प्लान नेपाल खोटाङबाट फर्किएको थियो ।