खोटाङ, माघ ३, खोटाङमा भुकम्पबाट जोगिन आपतकालीन नमुना घर बनाईएको छ । शुभम फाउन्डेसन्को सहयोगमा दिक्तेलस्थित नयाँ स्कुलका बिद्यार्थीद्धारा भुकम्प आपतकालीन नमुना घर बनाईएको हो । भुकम्पबाट जोगिनका लागि कस्तो घर उपयुक्त हुन्छ त ? भन्ने बिषयमा नयाँ स्कुलका बिद्यार्थीले  ६ महिना लामो अध्यनपछि स्थानिय सामाग्री काठ र बाँसको प्रयोगबाट जिल्ला बिकास समितिको कार्यालयको हाताभित्र आपतकालीन घर निर्माण गरेका हुन । 
खोटाङको सदरमुकाम दिक्तेलस्थित नयाँ स्कुलका बिद्यार्थीद्धारा जिल्ला बिकास
समितिको कार्यालयको हाताभित्र निर्माण गरिएको भूकम्प आपतकालीन घर । तस्विर: हाम्रो खोटाङ

स्थानिय सामाग्री बाहेकका बाहिरी सामाग्री खरिदका लागि १० हजार खर्चमा उनिहरुले आगमी दिनमा भुकम्पबाट जोगिनका सन्देश स्वरुप नमुना घर बनाएको स्कुलका छात्र गौतम शाहले बताए । उनका अनुसार काठ र बाँसको मात्र प्रयोगबाट बनाईएको नमुना घर  भुकम्प हावाहुरी बर्षा जस्ता दैविक प्रकोपले कुनै प्रभाव पार्दैन् ।


लामो अध्यनपछि निर्माण गरिएको भुकम्प आपतकालीन घर १०० प्रतिसत शुरक्षित र दिगो हुने स्कुलकी छात्रा लाक्पा शेर्पाले बताईन् । बिद्यार्थीहरुको कला देखेर आफु खुशि भएको बिद्यालयका शिक्षक बलराम राईले बताए । उनका अनुसार बिदार्थीहरुले निर्माण गरेको घर जिल्लाका सवैले बनाए अवका दिनमा आपतकालीन अवस्था सिर्जना हुँदैन् । 
खोटाङको सदरमुकाम दिक्तेलस्थित नयाँ स्कुलका बिद्यार्थीद्धारा जिल्ला बिकास
समितिको कार्यालयको हाताभित्र निर्माण गरिएको भूकम्प आपतकालीन घर । तस्विर: हाम्रो खोटाङ
आपत परेको बेला घर एक ठाँउबाट अर्को ठाँउमा सजिलै सार्न सकिने भएकाले पनि जिल्लामा  प्रभावकारी हुने फाउन्डेसनका म्यानेजीङ डाईरेक्टर तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य बहादुर राईले जनाए । घर निर्माणमा अरु भन्दा झन्जटीलो कम हुने भएकोले गाँउघरमा ५० देखि ६० हजारमा निर्माण सम्पन्न गर्न सकिने उनको भनाई छ । 

घर स्थानिय सामाग्रीको प्रयोगबाटमात्र निर्मीत हुने भएकाले न्युनतम १० वर्षदेखि ५० बर्षसम्म टिकाउ हुने प्राविधिकहरुको भनाई छ । उनिहरका अनुसार पृथ्बी भासियो भने मात्र घर जोखिममा पर्छ, अन्य कारणले घरलाई कुनै असर पर्दैन् । बिद्यार्थीद्धारा निर्मीत घरको प्रमुख जिल्ला अधिकारी रुद्र खडकालगायत अन्य कार्यालयका प्रमुख स्थानीबासी पत्रकार लगायतले नियालेका थिए ।