खोटाङ, माघ ५ । खोटाङमा लामो समयदेखि एसएलसी सेन्टर परिवर्तनको माग गर्दै आएका खोटाङको दिक्तेलस्थित सरस्वती उच्च माविका छात्र÷छात्राले जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका छन् । 
होम सेन्टर हटेपछि लफ्याङस्थित श्रीमावि बाँसबोटेबाट एसएलसी दिँदै आएका सरस्वती उच्च माविका छात्र÷छात्राले दिक्तेलबजारबाट लफ्याङस्थित परिक्षा केन्द्र जानेक्रममा दुई घण्टा हिँड्नुपर्ने, बस्नकालागि आवश्यक होटल, उपयुक्त कोठा, पिउने पानी, खाजा खाने व्यवस्था नभएको, १६ वर्षमुनिका छात्र÷छात्रा अभिभाबक बिहिन बनेर बस्नु पर्ने समस्या झेल्नु परेको लगायतका कारण देखाउँदै परिक्षा केन्द्र परिवर्तनको गरिदिन माग गरेको लामो समय बितिसक्दा पनि कुनै सुनुवाई नभएको भन्दै उनिहरुले शिक्षा कार्यालयमा धर्ना दिएका हुन् ।
 प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर खड्का समक्ष छात्र÷छात्राले दिक्तेलमै एसएलसी परिक्षा केन्द्र राख्ने व्यवस्थाकालागि पौष दोस्रो हप्ता मागपत्र बुझाएको भए पनि कुनै सुनुवाई नभएपछि धर्ना बस्न बाध्य भएको विद्यालयका छात्र राजन गिरीले जनाए । उनका अनुसार प्रसासन र शिक्षा कार्यालयले माग बिषयमा चाँडै सकारात्मक हुने जनाएपछि धर्नालाई रोकेका छौं । यदि चाँडै सेन्टर परिवर्तनको बिषयमा सुनुवाई नभए सरस्वति माविका सवै बिद्यार्थी परिक्षामा समाबेश नहुने उनले बताए । वर्षदिन अघि पनि माविका छात्र÷छात्राले एसएलसी केन्द्र सार्न माग गर्दै शिक्षामा ज्ञापनपत्र बुझाएका थिए ।  
एसएलसी परिक्षा सञ्चालनका क्रममा दुबै बिद्यालयका केन्द्राध्यक्षबीच एकले अर्कोको बिद्यार्थीलाई कडाई गर्ने क्रम सुरु भएपछि विद्यार्थीमार्फत केन्द्र परिवर्तनको कुरा उठाउन थालिएको श्रोतले जनाएको छ ।