उत्तम चौलागाँई
खोटाङ माघ ५ । खोटाङका भूकम्पपीडितलाई हाते ट्याक्टर वितरण गरिएको छ । भूकम्पपीडितका लागि छुट्टिएको सीमत कोटामार्फतकोे हाते ट्याक्टर बिभीन्न व्यक्ति एवंम् कृषि संस्थालाई वितरण गरिएको हो ।
लामिडाँडाँ १ स्थित नव कृषक समुह, लामीडाँडा ३ का खेमराज राई, नुनथला १ का दिनेश साम्पाङ, दुर्छिम ४ को यधोखा कृषिक समुह, राजापानी ८ का अर्जुन कार्की, अर्खौले २ को साल्पा कृषक समुह, नुनथला १ का बाबुराम राई र अर्खौले २ की गँगामाया पुरीलाई जिल्ला कृषि बिकास कार्यालय खोटाङको आयोजनामा ईलाका कृषि केन्द्र हलेसीबाट ट्याक्टर वितरण गरिएको छ । कृषि कार्यालयमा ट्याक्टर मागका लागि आएका निबेदन अनुसार कृषक छनौट गरेर भुकम्पपीडितलाई वितरण गरिएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।
खोटाङका भूकम्पपीडितलाई वितरणका लागि राखिएका हाते ट्याक्टर । तस्विर: राजु लयालु, फेसबुक |
आलु, काउली, बन्दालगायतका खेति गर्दै आएका भूकम्पपीडित कृषकहरुलाई खेतितर्फ प्रोत्साहन गर्न कृषि मन्त्रालयका सचिव उत्तम भट्टराईले ८ वटा हाते ट्याक्टर वितरण गरेका हुन् । ट्याक्टरका लागि व्यक्तिगत १० प्रतिसत र समुहगतका लागि ५ प्रतिसत लगानी गरेका कृषकहरुलाई हेलेसी केन्द्रमा कार्यक्रमको आयोजना गरेर ट्याक्टर वितरण गरिएको जिल्ला कृषि कार्यालयका प्राविधिक सहायक शिवानन्द मीश्रले जानकारी दिए । जमिन जोत्नका लागि प्रभावकारी रहेको हाते ट्याक्टर वितरण गरेपछि पश्चििमी क्षेत्रका १६ गाविसका भूकम्पीडित कृषकहरु खुशि भएका छन् । प्रतिगोटा ७० हजार पर्ने हाते ट्याक्टर भूकम्पपीडितको सीमत कोटामार्फत जिल्लामा ३५ वटा आएको मीश्रको भनाई छ । अन्य ट्याक्टर जिल्लाका बिभीन्न ठाँउका भूकम्पपीडितलाई वितरण गरिने जिल्ला कृषि बिकास कार्यालयले जानकारी दिएको् छ ।
कृषि केन्द्र हेलेसीमा भएको कार्यक्रममा कृषि मन्त्रालयका सचिव उत्तम भट्टराइको प्रमुख आथितवमा भएको कार्यालयले जनाएको छ ।