खोटाङ कात्तिक–८, ‘दालको तिहुन मासको मस्यौरा..’, ‘शीरको फूल लाको मायाँ कैले नभुल…’ लगायतका विभिन्न लोक तथा दोहोरी र आधुनिक गीत गायनबाट चर्चा कमाउनुभएका श्रष्टा खविराज राईलाई मातृशोक परेको छ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा जन्मेर ‘मेरी आमा मिर्मिरेमा पानी भर्न जाँदा गाग्रो फुट्यो पँधेरीमा..’ लगायतका मार्मिक गीतहरु सिर्जना गरिसक्नुभएका श्रष्टा खविराजकी आमा कूलहिराको निधन भएपछि राई परिवार तथा आफन्तजन शोकमा परेका हुन् ।

मृतक राईको १९९४ साल जेठ ११ गते भोजपुरस्थित दिल्पाको कात्तिके भन्ने ठाउँमा बुवा पर्जबशादुर राई र आमा महालक्ष्मी राईको कोखबाट जन्म भएको थियो । स्वास्थ्यमा सामान्य समस्या देखिएको अवस्थामा काठमाण्डौंकै ग्राण्टसिटी अस्पताल पु¥याईएको राईको शनिवार अपरान्ह सोही अस्पतालमा मृत्यू भएको आफन्तले जनाएका छन् । काठमाण्डौंको टोखामा छोरा खविराजसँगै बसोबास गरिरहनुभएकी मृतक राईलाई धान काट्दै गर्दा एक्कासी स्वास्थ्यमा सामान्य समस्या देखा परेको थियो ।

कूलहिराकी श्रीमान अर्थात गायक राईको बुवा जगतबहादुर राईको पनि मृत्यू भईसकेको छ । राईलाई एकपछि अर्को शोक परेको हो । राजनीतिक चेत भएका समाजसेवी भाई रामकुमार राईलाई अघिल्लो बर्ष खविराज र परिवारले अल्पायूमै गुमाउनुपरेको थियो । ।
(भिडियो)