अधिबेसनको तयारी स्वरुप कांग्रेस जिल्ला सभापति बिष्णुकुमार राई, क्षेत्र नम्बर २ का सभापति तिर्थ भट्टराई लगायतका नेता उपस्थित कार्यक्रम मात्तिमका असन्तुष्ट कार्यकर्ताको अवरोध आएको हो । श्रोतका अनुशार क्रियासिल सदस्यता थुतिएको झोँकमा पार्टीकै कार्यक्रम बिथोल्ने कार्यकर्ता देउवापक्षका हुन् । बिरोधका बावजुद सञ्चालन गरिएको कार्यक्रम अन्तरक्रीयामा सिमित हुन पुगेको श्रोतले जनाएको छ । क्रियासिल सदस्यता थुतिएका कार्यकर्ताले नैसर्गिक अधिकार खोस्नुको कारण सोधेपछि संस्थापनपक्षले माफी समेत मागेको जनाइएको छ ।
अधिबेसनमा आफ्नो टिमलाई असहयोग गर्ने कार्यकर्ताको क्रियासिल सदस्यता छानीछानी गायब गर्ने खेल भएको भन्दै जिल्लामा संस्थापन र देउवापक्षबीचमा बिवाद चुलिएको छ । पराजित मानसिकताका कारण जिल्ला सभापति राई, क्षेत्रीय सभापति भट्टराईले आफ्नो पक्षका कार्याकर्ताको क्रियासिल सदस्यता थुतेको देउवापक्षका नेता तथा कार्यकर्ताको आरोप छ ।
देउवापक्षका नेता तथा कार्यकर्ताले गत बुधबार र बिहिबार दिक्तेलमा पत्रकार सम्मेलन गरेरै क्रियासिल सदस्यता थुतिएको दाबी गरेका छन् । क्षेत्र नम्बर १ अन्तरगतका खार्मीका ७, डिकुवाका २५, खार्ताम्छाका ५, फेदीका ३, पाथेकाका १, बडहरेका १, बुईपाका १, बासपानीका ५, मंगलटारका ३, राखाबाङदेलका १० जनाको क्रियाशिल सदस्यता गायब गरिएको उनीहरुको अरोप छ । ती गाबिसका क्रियाशिल सदस्यता थुतेर नचिनिएका व्यक्तीहरुको सदस्यता थपिएको पाइएको असन्तुष्ट पक्षको भनाई छ । श्रोतका अनुशार अर्खौलेमा २५, बाक्सिलामा १७, जालपामा ८ र बाँसपानीमा ५ को नाम थपिएको पाईएको छ । यस्तै क्षेत्र नम्बर २ अन्तरगत मात्तिमको २४, बाराहपोखरीको १३, खोटाङबजारको १०, चिसापानीको ९, डम्बर्खुशिवालयको ७, चिसापानीको ९, देविस्थानको ४, लफ्याङ ५, डाँडागाउँको २, स–छितापोखरीको ४ जनाको क्रियाशिलता थुतिएको देउवापक्षका नेता तथा कार्यकर्ताको दाबी छ ।
जिल्ला सभापति राई र क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति तीर्थराज भट्टराईले असहयोग गर्ने अन्य गाविसका धेरै कार्यक्रताको क्रियाशिलता गायब गरेको देउवापक्षले आरोप लगाएका छन् । पार्टीका सक्रिय सदस्यको क्रियाशिलता हटाएर सभापति राई र क्षेत्रीय सभापति भट्टराईले गद्दार गरेको देउवापक्षका महासमिति सदस्य सुवाशकुमार पोखरेलले बताए । क्रियासिलता सदस्यता थुतेर वर्षौदेखि क्रियाशिल कार्यकर्ताको राजनीतिक अधिकार समेत हनन् गर्ने काम गरिएको उनीहरुको भनाई छ । क्रियासिल सदस्यता थुत्ने प्रबृत्तिका बिरुद्ध केन्द्रमै उजुरी दिइएको पोखरेलले जनाए । संस्थापन पक्षलेले भने गाउँबाट आए अनुशार सदस्यता केन्द्रमा पठाएको बताएको छ । गाउँबाट प्रतिनिधिमा पराजित हुने भएपछि दोर्पाचिउरीडाँडा घर भएका क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भट्टराईले सावाकटहरेबाट क्रियासिल सदस्यता भरेका छन् । उनले आफ्नै श्रीमति कुमारी सिग्देलको क्रियासिल सदस्यता सप्तेश्वरछितापोखरीबाट भरिदिएको श्रोतले जनाएको छ ।
जिल्लामा संस्थापन र देउवापक्ष दुबैको पकड उत्तिकै बलियो छ । संस्थापन पक्षमा जिल्ला सभापति राई, नरेशकुमार श्रेष्ठ, सांसद् सरस्वति बजिमय लगायत छन् भने, देउवा पक्षमा पूर्व राज्यमन्त्रीहरु शिवकुमार बस्नेत, सर्वधन राई, महासमिति सदस्य पोखरेल, जिल्ला सचिव बीरकाजी राई, युवा नेता भूपेन्द्र राई लगायत छन् ।