खोटाङ, २४ माघ । संस्थापन पक्षका नेताहरुले खोटाङमा छैटौं जिल्ला अधिवशेनका लागि तयार पारिएको झोला बिक्री गरेको देउवा पक्षले आरोप लगाएको छ । 
काँग्रेसको छैटौं जिल्ला अधिवेशनका लागि शुभेच्छुक, शुभचिन्तकहरुबाट सहयोगस्वरुप आएको झोला प्रतिनिधिहरुलाई बिक्री गरेको देउवा पक्षले दाबी गरेका हुन् ।  
देउवा पक्षले पार्टी कार्यालयमा आईतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै संस्थापन पक्षका जिम्मेवार नेताबाटै झोला बिक्री भइरहेको देउवा पक्षका रोजन राईले बताउनुभयो । 
“काँग्रेसलाई माया गर्ने शुभेच्छुकहरुबाट आएको झोला निःशुल्क बितरण गर्नुपर्नेमा पैसा लिएर बिक्री गरेको पाइएको छ ।” उहाँले भन्नुभयो, “कार्यकर्तामाथि यसरी विभेद गर्नु कहाँसम्मको नैतिकता हो ।” 
सस्थापन पक्षबाट सभापतिको उम्मदवारीमा रहेका नरेशकुमार श्रेष्ठलाई भोट नहाल्ने प्रतिनिधिलाई छानि–छानि झोला बिक्री गरेको राईको भनाइ छ । देउवा पक्षलाई हड्प्नका लागि नैतिककताको समेत ख्याल नगरेको देउवा पक्षको आरोप छ ।