काँग्रेस खोटाङ सभापति, सचिव, कोषाध्यक्षमा संस्थापन पक्षको जित

खोटाङ, २५–माघ । खोटाङ कांग्रेसको नयाँ नेतृत्व चयनकालागि भएको निर्वाचनको मत गणना सुरु भएको छ । कांग्रेस संस्थापनपक्षबाट नरेश श्रेष्ठ र देउवापक्षबाट बीरकाजी राई सभापतिकालागि चुनावी मैदानमा उत्रिएका छन् ।

दिक्तेलस्थित सरस्वती उच्च माबिको हलमा केहीबेरअघि सुरु मत गणनाको परिणाम साँझसम्ममा आउने कांग्रेसले जनाएको छ । श्रेष्ठ अघिल्लो अधिबेसनका सभापतिका पराजित उम्मेदवार तथा राई जिल्ला सचिव हुन् ।
आईतबार देउवापक्षबाट सभापतिकालागि उम्मेदवारको घोषणा गरेका सुवासकुमार पोखरेलले उम्मेदवारी फिर्ता लिएपछि राई अघि सरेका हुन् । श्रेष्ठलाई जिल्ला सभापति विष्णुकुमार राई, सांसद सरस्वति बजिमय लगायतको समर्थन छ भने, राईलाई पूर्व राज्यमन्त्रीहरु शिवकुमार बस्नेत र सर्वधन राई, महासमिति सदस्य सुवासकुमार पोखरेल, भूपेन्द्र राई लगायतको समर्थन प्राप्त छ ।
संस्थापनबाट सचिवकालागि ईच्छु राना, कोषाध्यक्षमा जीवन राई तथा देउवापक्षबाट सचिवमा रोजन राई र कोषाध्यक्षमा मनीकुमार तामाङको उम्मेदवारी परेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लाको दुबै क्षेत्रमा संस्थापन पक्षको बलियो पकड देखिएको छ ।