दुई निर्वाचन क्षेत्र रहेको खोटाङमा क्षेत्र नं. १ को बाक्सिलामा ५, ६ र ७ गते तथा क्षेत्र नं. २ को खोटाङबजारमा ९, १० र ११ गते निर्वाचन क्षेत्रस्तरीयको प्रतियोगिता राखिएको समितिका अध्यक्ष माइतीराज राईले जानकारी दिनुभयो । निर्वाचन क्षेत्रस्तरीय प्रतियोगितामा भलिबलतर्फ महिला÷पुरुष, कबर्दीतर्फ महिला÷पुरुष, र एथ्लेष्टिक्सतर्फ महिला÷पुरुषबीच छुट्टाछुट्टै प्रतियोगिता हुने अध्यक्ष राईले बताउनुभयो ।
निर्वाचन क्षेत्रस्तरीय प्रतियोगिताबाट छानिएर आएका खेलाडि तथा विद्यालयले सदरमुकाम दिक्तेलमा २०, २१ र २२ गते आयोजना गरिने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जनाइएको छ । प्रतियोगितामा पहिलो हुने विद्यालयलाई नगद ५० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
७२ गाविस र एक नगरपालिका रहेको जिल्लामा दुई निजीसहित ८४ वटा मावि रहेका छन् । प्रतियोगितामा सबै विद्यालयले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
सितोरियो कराँते र तेक्वान्दोको जिल्ला छनौट भने, सिधै जिल्लाको दुई ठाउँमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जनाइएको छ । सितोरियो कराँतेतर्फको प्रतियोगिता १७ र १८ गते अर्खौलेमा र तेक्वान्दोतर्फको प्रतियोगिता २०, २१ र २२ गते सदरमुकाम दिक्तेलमा आयोजना गरिएको छ ।
सबै खेलबाट दुवै निर्वाचन क्षेत्रका २६१ जना खेलाडि छनौट गरिने आयोजकले जनाएको छ । निर्वाचन क्षेत्रबाट छनौट भएका खेलाडिलाई जिल्लामा आयोजना गरिने प्रतियोगितामा सहभागी गराइने र जिल्लामा आयोजना गरिने प्रतियोगितामा पहिलो र दोश्रो हुनेलाई क्षेत्रीय प्रतियोगितामा पठाइने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई मर्यादित र उपलब्धीमूलक बनाउन क्षेत्र नं.१ मा अध्यक्ष र क्षेत्र नं. २ मा सदस्य जोसेप रिजालको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति बनाइएको छ । यस्तै, क्षेत्र नं. १ का लागि सहप्रशिक्षक गोपाल राई र क्षेत्र नं. २ का लागि प्रशिक्षक विचारी तामाङलाई प्रतियोगिताको प्रशिक्षक बनाइएको छ ।