
खोटाङ ९ फागुन । विदेशमा बसेका खोटाङेहरु मिलेर उठाइएको सहयोगमार्फत छिप्ती सेवा समाजले खोटाङको एक विद्यालयलाई शैक्षिक प्रयोजनका लागि कम्प्युटर प्रिन्टर तथा इन्टरनेट प्रदान गरेको छ ।
बुईपा गाविस वडा नम्बर १ र ३ मा अवस्थित छिप्ती गाउँको विकासमा सहयोग पुर्याउने उद्देश्यले संसार भरी छरिएर रहेका छिप्तीलेहरु मिलेर स्थापना गरिएको छिप्ती सेवा समाजको तर्फबाट यहि फाल्गुन ७ गते श्री सहयोगी प्राथमिक बिद्यालयलाई डेक्स्टप थान १, ल्यापटप थान १, प्रिन्टर थान १ र विद्यालयमा ईन्टरनेट जडान गरि समाजका अध्यक्ष देवबिक्रम राईले स्कूल संचालक समितिको अध्यक्ष बलभद्र राई तथा प्रधानध्यापक प्रेमसुन्दर राईलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा संवोधन गर्दै समाजका अध्यक्ष देवबिक्रम राईले छिप्ती सेवा समाजले छिप्ती गाउँको स्वास्थ्य, शिक्षा, सडक र समग्र विकासमा सहयोग गर्ने लक्ष्य लिए पनि समाज रूपान्तरण र विकासको पहिलो सर्त शिक्षा भएकोले गाउँमै गुणस्तरिय शिक्षा दिने उद्देश्यले र सूचना प्रविधिको माध्यमबाट छिप्तीलाई विश्वसँग जोड्ने उद्देश्यले स्कूललाई प्रिन्टर, कम्प्यूटरहरु दिईएको र ईन्टरनेट जडान गरिदिएको बताए ।
कार्यक्रममा प्रधानध्यापक प्रेम सुन्दर राईले संसार भरी छरिएर रहेका छिप्तीले दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद दिदै, आगामी नयाँ शैक्षिक सत्रबाट नयाँ भर्ना हुने बिद्यार्थीहरुलाई अंग्रेजी माध्यमबाट शिक्षा दिईने जानकारी गराए ।
सोहि कार्यक्रममा भर्खरै दिवगंत हुनु भएको छिसेस कार्य समिती सदस्य सूर्य (कामीराम) राईको परिवारलाई समाजका अध्यक्ष देवबिक्रम राईले छिसेस सदस्य मृतक कल्याणकारी कोष मार्फत २६ हजार ८ सया १० हस्तान्तरण गरिएको थियो।