‘पोलिस अफ दि मन्थ’ घोषित डिएसपी बिद्यानन्द माझी । |
डिएसपी माझीलाई पुर्वक्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले सोमबार महिनाको पुर्वाञ्चलभित्रकै उत्कृष्ट प्रहरी घोषणा गरेको हो । गत भदौ–१ गते जिल्ला प्रहरी कार्यालयको डिएसपीकारुपमा खोटाङ आएका माझीले प्रहरी र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन बिभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी अपराध न्यूनीकरणमा नेतृत्वदायी भूमीका निर्वाह गरेको, नेपाल प्रहरीको त्रि–बार्षिय रणनीतिक योजनामा आधारित संस्थागत प्राथमिकता, कार्ययोजना एंव क्षेत्रीय प्रहरी कार्यालयबाट जारी भएको बार्षिक कार्ययोजना तथा विशेष अभियान लगायतका कार्यक्रममा अधिकतम जनसहभागिता जुटाउँदै घटित अपराध र पेन्डिङमा रहेका मुद्धालाई किनारा लगाउनमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख छ ।
माझीले जिल्लामा आएलगत्तै गुण्डागर्दी, दण्डहिनता, पेन्डिङमा रहेका अपराध सम्बन्धी सयौं मुद्धालाई किनारा लगाउने, घरदैलो गस्ती, महिला हिंसा, बलात्कार, मानव बेचबिखन, सडक दुर्घट्ना लगायतका विषयमा सचेतनामूलक कार्यक्रम चलाउँदैआएका छन् । पुर्वक्षेत्रीय प्रहरी कार्यालयले प्रहरीको मनोबल बृद्धि गर्न र प्रोत्साहित गर्न कार्यसम्पादनको मूल्यांकनका आधारमा हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गर्दैआएको छ ।
‘पोलिस अफ दि मन्थ’ घोषित डिएसपी माझीको फोटोसहित कार्य सम्पादनको विवरण क्षेत्रीय प्रहरी कार्यालयको प्राङ्गणमा रहेको आवरण स्तम्भमा महिना दिनकालागि राखिएको पुर्वक्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।