
माक्पाली कान्छा
काठमाडौं । नेपाली संगीतमा छुट्टै धारको नेतृत्व गरिरहेका संगीतकार डक्टर किरात सम्बद्ध गीती एल्वमको सार्वजनिक भएको छ । गीतकार दिलिप राई सगरको सोलो शब्दमा रहेको एल्वममा उनको सोलो संगीत रहेको एल्वममा ५ वटा संगीत रहेको छ । अन्य संगीतको बजारमा भेटिने संगीतकारहरु भन्दा फरक किसिमको सांगीतिक यात्रामा रहेका उनले यो तस्विर एल्वमा समेत फरक पहिचान बनाउन कोशिस गरेका छन् ।
शास्त्रिय संगीतका गुरु तथा वैचारिक अभियान्ता र सामाजिक आन्दोलनका अगुवा समेत रहेका संगीतकार डक्टर किरातको बारेमा विमोचन कार्यक्रमको अवसरमा धेरैकोणबाट कुराहरु उठेका छन् । एल्वममा रहेको गीतहरुको विषयलाई लिएर सबैले फरक फरक टिप्पणी भए । उनको सिर्जना अब्वल रहेको बताइयो । कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली साहित्यमा मुन्धुमी चेत खोल्ने वरिष्ठ कवि तथा गीतकार भुपाल राईले डक्टर किरातको बारेमा विषयवोध गराएका छन् । उनले डाक्टरलाई एउटा बजारे संगीतकारमात्र भएर बस्ने छुट नभएको बताए । उनले भने, ‘डाक्टर किरातलाई संगीतकार बन्ने नाममा एउटा चल्तिको बजारे संगीतकार बन्ने छुट छैन ।’ उनले धेरै चेलाचेलीको गुरु बन्नु पर्ने, वैचारिक हिसावले एक महान अभियान्ता बनेर विचारको नेतृत्व गर्नु पर्ने र सामाजिक आन्दोलनको अगुवाईमा समेत उतिकै जिम्मेवार भएर अगाडि बढ्नु पर्ने थुप्रै बाध्यता रहेको भुपाल राईको भनाई थियो । बाहिर देखिएको अवयवको संगीतकार भन्दा फरक किसिमको प्रतिभा रहेका डाक्टर किरातको अवको यात्रा कठिन चुनौतिपूर्ण तर सुन्दर रहेको उनको अभिव्यक्ति रहेको छ ।
कार्यक्रमका विशेष अतिथि वरिष्ठ गायक तथा संगीतका शम्भु राईले डाक्टर किरातको नाफै काफी रहेको भन्दै उनको सांगीतिक सिर्जनाहरुले सबैको मनछुने बताए । संगीतको सरोवरमा पौडिने र हेलिने क्रममा डाक्टर किरातले गहिराई र उचाई नापीसकेकाले उनको यात्रा चानचुने नभएको शम्भु राई बताएका छन् । अर्का विशेष अतिथी वरिष्ठ गायीका विमला राईले नेपालको वर्तमान संगीतको बजारमा डाक्टर किरातहरु जस्तो संगीतकारहरुको खाँचो रहेको बताए । उनले अहिलेका गीत तथा संगीतले जीवन्तता प्रदान नगर्ने भएकाले यो दुईदिनमा चर्चा कमाउने अनि सेलाउने खालका हुन्छन् । तर डाक्टर किरातको संगीतले जीवन दिने कुरामा कुनै दूई मत नरहेको उनको भनाइ रहेको छ ।
कार्यक्रममा भोजपुर जिल्लाबाट संघीय सभामा प्रतिनिधीत्व गर्ने सदस्य सांसद सुदन किरातीले डाक्टर किरात सांगीतिक बजार एक नक्षत्र जस्तै भएको बताएका छन् । जनताको गीत गाउँदै समाज परिर्वतनको यात्रामा निरन्तर लागि रहेका किरातको आगामि दिनको शुभकामना समेत उनले व्यक्त गरे । यस्तै सोलुखुम्बुका सांसद हेमकुमार राईले डाक्टर किरात र दिलिप राई सगरको एल्वम इतिहाँसको एउटा कोशेढुँगा सावित हुने बताए ।
कार्यक्रममा संगीतकार किरातले दुईवटा गीत लाईभ गाएका थिए । भने एउटा म्युजिक भिडियो प्रदर्शन गरिएको थियो ।