
जिल्लास्थित बुइपाका बर्तमान कार्यकारी अधिकृत किराती छिमेकी जिल्ला ओखलढुंगाका जिल्ला निर्बाचन अधिकारीबाट सरुवा भई आएका हुन् भने नेर्पाका ढकाल पाठ्यक्रम बिकास केन्द्र सानोठिमी भक्तपुरबाट काजमा गत बर्ष आई सोही ठाउँमा फर्किएका हुन् ।
कार्यक्रममा बोल्दै ढकालले आफ्नो कार्यकालमा धेरै कार्य सम्पादन गर्न सके पनि दिक्तेल नगरपालिककालाई बिभिन्न कारण खुला दिसामुक्त नगर घोषणा गर्न नसकेकोमा दुःख ब्यक्त गर्दै बर्तमान कार्यकारी अधिकृतलाई त्यसको मुख्य जिम्मेवारी आएको बताउनुभयो । खुला दिशामुक्त नगर बनाउनेलगायतका अन्य अभियानमा जेवाससीसीले खेलेको भूमिकाको प्रशंसा गर्दै ढकालले जिल्लाका हरेक अभियान तथा बिकासका गतिबिधीमा पत्रकारहरुलाई सहभागी गराएको खण्डमा सफल पार्न सकिने धारणा ब्यक्त गर्नुृभयो । नेपाल सरकारले कार्य शिलशिलामा जहाँ खटाए पनि आफ्नै जिल्ला भएकाले बिकास कार्यमा सद्भाब र सहभागिता रहने ढकालको प्रतिबद्घता रहेको छ ।
यता, बर्तमान कार्यकारी अधिकृत किरातीले जिल्लाका पत्रकारलगायतसँग समन्वय गर्दै नगरको बिकासमा लाग्ने जनाउनुभएको छ । किरातीले आफु पनि पत्रकारमैत्री नै भएको बताउँदै सत्य तथ्य जानकारी गराउँदै नगर तथा जिल्लाको बिकासमा सहयोग पु¥याउन पत्रकारहरुलाई आग्रह गर्नुभयो । बिकास निर्माण तथा सुशासनलगायतमा राजनीतिक दल, स्थानीय जस्तै पत्रकारको अब्बल भुमिका रहने धारणा राख्ने किरातीले सद्भाबका साथ सहकार्य गर्ने आफ्ना चाहाना रहेको बताउनुभयो ।
यसअघि, अन्य संघसंस्था तथा कार्यालयहरुले पनि एकै जिल्लाका अधिकृतद्वय किराती र ढकाललाई एकै साथ स्वागत तथा बिदाई कार्यक्रमकोे आयोजना गरेको थियो । पुर्ब कार्यकारी अधिकृत बिहिबार कार्यक्रमस्थलबाट सोझै भक्तपूरतर्फ लाग्नुभएको छ ।