
९ रजत र ५ कास्यसहित पृथ्बी उच्च माबिले राष्ट्रपति रनिङ शिल्डको पहिलो
उपाधि हात पारेको हो ।
यस्तै, प्रतियोगीतामा १९१ अंक ल्याएको सरस्वती उच्च माबि दिक्तेलले २
स्वर्ण, ४ रजत र ६ कास्य सहित दोश्रो स्थान प्राप्त गरेको छ । शंखेश्वरी
माबि बराहपोखरीले २ स्वर्ण, ४ रजत र ४ कास्या जित्दै प्रतियोगीताको तेश्रो
उपाधि हात पारेको छ । शंखेश्वरीले १२० अंक बटुलेको थियो ।
![]() |
राष्ट्रपति कपको शिल्ड उचाल्दै पृथ्बी उच्च माबिका खेलाडी तथा शिक्षक । |
प्रतियोगीतामा शंखेश्वरी माबिले अनुशासित तथा तेक्वान्दोका बाक्सिला
डोजाङले उत्कृष्ट खेलाडीको उपाधि उचालेको जिल्ला खेलकुद बिकास समितिका
अध्यक्ष माईतीराज राईले बताउनु भयो । बिजेता बिद्यालय तथा खेलाडीलाई जिल्ला शिक्षा अधिकारी केशव दाहाल, जिल्ला
बिकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत नरहरि सापकोटा लगायनले
नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेको हो ।
यस वर्ष जिल्लामा भलिबल, कबर्दी, तेक्वान्दो, सितोरियो कराते र
एथ्लेटिक्सगरी पाँचवटा विद्यामा प्रतियोगिता गराइएको थियो । सबै
प्रतियोगिताको नम्बर जम्मा गर्दा सबैभन्दा बढी अङ्क ल्याउने विद्यालय छनौट
गरिएको हो ।
यसअघि तेश्रो, दोश्रो र प्रथम तीनवटै संस्करण जालपा मावि नुनथलाले जितेको
थियो । यसअघिको प्रतियोगितामा कप पच्चा गर्ने जालपा मावि नुनथला यस वर्षको
प्रतियोगितामा सहभागी भएको थिएन ।
प्रतियोगीतामा जिल्लाका २४ बिद्यालयले प्रतिष्पर्धा गरेको खेलकुद बिकास
समितिका कार्यालय प्रमुख लिलाभक्त केसीले जानकारी दिनुभयो ।