खोटाङ, फागुन २६ । खोटाङको सुंदेलमा तीन महिने ढाका बुनाई तालिम सुरु भएको छ । स्थानीय समाबेसी महिला सञ्जालको आयोजनामा सोमबारबाट ढाका कपडा बुनाई तालिम सुरु भएको हो ।
भुपु गाबिस अध्यक्ष रणबहादुर राईले तालिम उदघाटन गरेका हुन् । तालिममा प्रत्येक वडाका एक÷एक जना र एक दलित गरी १० महिलाको सहभागीता रहेको सञ्जालकी सदस्य सरिता राईले जानकारी दिईन् । तालिम अवधिमा टोपी, सल, चोलो, गम्छा लगायतका कपडा बुन्न सिकाईने जनाइएको छ ।
सहभागीलाई प्रशिक्षक खिना घिमिरेले सहजीकरण गरिरहेकी छन् । तालिम सञ्जालकी अध्यक्ष शिबकुमारी राईको सभापतित्वमा उद्घाटन भएको हो ।