
खोटाङ २६ फागुन । खोटाङ दोर्पाका मनी चाम्लिङ राई लाहुरे बन्छु भन्ने भन्दा पनि साथीहरुसँग कमी हुन्न भन्ने ध्याउन्नमा १० बर्ष अगाडी भारतीय सेनामा भर्ती भए । लाहुरे बनेर पैसा कमाउँला र भबिश्य सुरक्षित बनाउँ भन्ने सोंचले नभई साथीहरुसँग रमाईलो गर्दै धरान झरौंला र कतिको सकिदों रहेछ कोशिष गरी हेरौंला भन्ने ख्याल–ख्यालैको सोंचले अन्नतः चाम्लिङलाई भर्ती बनायो । भन्छन–‘ म त लाहुरे बन्छु भन्ने इच्छाले धरान झरेकै थिँईन नि ! तर, साथीहरु लहुरे भईहाल्यो र म भईँन भने त आफु कमजोर बनेको हुन्छ भन्ने चिन्ताले पो लाहुरे भएँ । ’ चाम्लिङ हर्ष न बिस्मातको भाषामा थप्छन्–‘ मलाई लाहुरेको कुनै इच्छा न आवश्यक्ता, बरु सानैदेखि अभिनयमा रुचि थियो ।’
तै पनि के बिग्रियो त दोर्पा–१ का मनी चाम्लिङको उत्कट रुचिलाई लाहुरे जीबनले छेक्न सकेन । बरु सफलतातिर डो¥याईरहेछ । अहिले उनी २८ बर्षको भयो । अबको ५ बर्षमा यानेकी ३३ बर्षको उमेरमा उनी अबकासप्राप्त हुँदैछन् । २ बर्ष अगाडीदेखि उनी निरन्तर अभिनयमा तल्लिन छन् ।
उनी भारतीय सेनाको जागिरबाट बर्षमा ३ महिना छुट्टी पाउनासाथ नेपाल आउँछन् र कुनै न कुनै गीतको म्यूजिक भिडियोमा अभिनय गरेर जान्छन् । यसो गर्दा गर्दै हालसम्म उनले १० बढी गीतको भिडियोमा अभिनय गरिसकेका छन् । उसो त उनले आफ्नै लगानीमा चाम्लिङले गीति भिडियो एल्बम पनि बजारमा ल्याईसकेका छन् ।
चाम्लिङले आफै तथा अहिलेको चर्चित नायिका प्रियङका कार्की, अनु गुरुङ, दिब्या चेम्जोङ, नीशा पोमु, अनु राई अभिनित ‘अर्को पहिला’ नामक लोक आधुनिक गीति भिडियो संग्रह बजारमा ल्याएका हुन् । भिडियो संग्रहमा राजेशपायल राईको ‘शीरै फूल्यो शीरबन्दी’लगायतका गीतहरु समेटिएको छ । मोडल आफैले लगानी गरेर गीति भिडियो संग्रह बजारमा ल्याएको यो नै पहिलो हुन सक्ने उनको अनुमान छ ।
उनले अब यो अभिनय क्षेत्रमा निरन्तर लाग्ने बताएका छन् । उसो त उनलाई फौजीले यस्तो सिर्जनशील काम गर्न असम्भब हुन्छ भनेर हतोत्साही बनाउने पनि नभएको होईनन् । तर उनी आफुलाई यसै क्षेत्रमा स्थापित गर्न सक्नेमा बिश्वस्त छन् । भन्छन् –‘दृढ संकल्प र इच्छा शक्ति भएपछि मान्छेले नसक्ने केही छैन जस्तो लाग्छ । मेरो बाल्यकालदेखिकै यो सपनालाई पुरा गर्न निरन्तर लागिरहनेछु ।’ यसका लागि परिवार र आफन्तबाट समेत सकरात्मक साथ र प्रतिक्रिया पाईरहेको चाम्लिङको भनाई छ । ‘दाम’ कमाउन भन्दा ‘नाम’ कमाउन अति महत्वपुर्ण रहेको उनको बुझाई छ ।
५ बर्ष पछि भारतीय सेनाबाट अबकाश भएपछि यो क्षेत्रमा पुर्णकालिन रुपमा ब्यवसायिक ढंगले लाग्ने बताउँदै यससम्बन्धी तालिम लिने तथा सीप र क्षमता बढाउनेतर्फ लागिरेहको चाम्लिङ बताउँछन् । निकट दिनमै आफुलाई ठूलो पर्दामा समेत प्रस्तु भएको देख्न पाउने जनाउँदै त्यसको लागि सम्बन्धित ब्यक्तिहरुसँग कुरा भईरहेको जनाईएको छ ।