खोटाङ २७ फागुन । जिविस खोटाङले पत्रकारिताका माध्यमबाट जिल्लाको विकास निर्माण तथा सामाजिक परिवर्तनमा योगदान पु¥याएबापत तीन पत्रकारलाई ‘विकास पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ ।
यस वर्षको सर्वोत्कृष्ट ‘विकास पत्रकारिता पुरस्कार’ पत्रकारहरु केदार मगर, कृष्ण आचार्य र रामधन राईलाई प्रदान गरिएको छ ।
मगर राष्ट्रिय समाचार समितिको जिल्ला संवाददाता हुन् भने हाम्रोखोटाङ डटकम टिममा पनि आवद्ध छन् । सम्मानपत्रका साथ पुरस्कृत मगरलाई रु २० हजार तथा आचार्य र राईलाई जनही रु १५ हजार प्रदान गरिएको छ ।