
खोटाङ, १ चैत्र । खोटाङको अग्रगामी अध्ययन केन्द्रलाई ३७ हजार ५१५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । दुई वर्षअघि स्थापना गरिएको अध्ययन केन्द्रलाई थप व्यवस्थापन गर्नकालागि शुभेच्छुकबाट आर्थिक सहयोग प्राप्त भएको हो ।
राजधानी काठ्माण्डौँमा रहेका सप्तेश्वरका युवा समाजसेबी हेमन्त राईमार्फत अध्ययन केन्द्रलाई आर्थिक सहयोग प्राप्त भएको हो । सहयोग रकम राईले केन्द्रका अध्यक्ष रबिन खम्बूलाई सोमबार हस्तान्तरण गरेका छन् ।
अध्ययन केन्द्रलाई केही समयअघि मलेसियास्थित संघीय नेपाली समाजको संयोजनमा ३० हजार आर्थिक सहयोग प्राप्त भएको थियो । पुस्तकालयका लागि सभाषद अशोक राईले संसदीय विकासकोषबाट एक लाख रुपैयाँ दिइसकेका छन् ।