![Hamrokhotang](https://hamrokhotang.com/wp-content/uploads/2020/04/Hamrokhotang-696x418.jpg)
काठमाडौं, ४ असोज । विनियोजन विधेयक २०७८ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेको हो । एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो ।
एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए । उनले बहुमतका आधारमा विनियोजन विधेयक पास गरेको घोषणा गरे । संसदले विनियोजन विधेयक पास गरेसँगै अब सरकारलाई बजेट खर्च गर्ने बाटो खुला भएको छ । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।