खोटाङ असोज–२, खोटाङमा मानव अधिकार रक्षाका लागि मानव अधिकारकर्मी र पत्रकारवीच छलफल तथा अन्र्तक्रिया सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग १ प्रदेश शाखा खोटाङको आयोजनामा मानव अधिकार हननका घटना न्युनिकरण तथा पीडितलाई न्याय दिलाउने विषयमा मंगलवार छलफल तथा अन्र्तक्रिया गरिएको हो । 
आयोगको कार्यालय दिक्तेलवजारमा आयोजना गरिएको कार्यक्रममा हालै खोटाङमा आउनुभएको कार्यालयका निमित्त प्रमुख सुवोध पोखरेल लगायतका मानव अधिकारकर्मी, पत्रकार महासंघका अध्यक्ष दमन राई, सम्पादक समाजका अध्यक्ष कृष्ण आचार्य लगायत जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो । छलफल तथा अन्र्तक्रियावाट मानव अधिकारलाई मजवुत वनाउन अधिकारकर्मी र सञ्चारकर्मीवीच आपसी तालमेल र कार्यगत सहकार्य गर्नुपर्ने निष्कर्ष निकालिएको वताईएको छ । 
अन्यायमा परेका सम्वन्धित पीडितलाई आयोगसम्म पु¥याउन र पीडकलाई सजायको लागि सिफरिस गराउन पत्रकारहरुको महत्वपूर्ण भूमिका रहनुपर्ने निमित्त प्रमुख पोखरेलले जनाउनुभयो । पोखरेलका अनुसार पत्रकारको जिम्मेवारीपूर्ण भूमिकाविना मानव अधिकारलाई मजवुद वनाउन असम्भव हुन्छ । 
आयोगमा दर्ता भएको र अनुसन्धानमा भएका हरेक घटनाहरुको वारेमा दिन मिल्ने अपडेट(घटनाक्रम)वारे जिल्लाका सञ्चारकर्मीलाई उपलव्ध गराउन सञ्चारकर्मीले गरेको प्रस्ताव पारित भएको छ । उक्त कार्यालयमा २०६६ सालदेखि दर्ता भएकामध्ये मानव अधिकार हनन्सम्वन्धी विभिन्न प्रकृतिका ४९ वटा घटना अनुसन्धानको क्रममा रहेको जानकारी गराईएको छ । 
छलफलमा जिल्लाका विभिन्न स्थानमा भएको वलत्कारपछिको हत्या लगायतका  घटनाहरुमा संलग्न दोषी लामो समयसम्म पत्ता नलागेको विषयमा समेत  छलफल भएको छ ।