खोटाङ, २२ चैत । द्वन्द्वकालमा बिस्थापित राष्ट्रिय बाणिज्य बैंक तथा कृषि बिकास बैंकको शाखा कार्यालय पुनर्स्थापनाको माग गर्दै खोटाङबासी नेपाल राष्ट्र बैंकको कार्यालयमा डेलीगेसन गएका छन् ।
सांसद बिशाल भट्टराई र पाँचकर्ण राई नेतृत्वको जिल्लाबासीले द्वन्द्वको समयमा बिस्थापित भएको बाक्सिलास्थित राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय तथा हलेसी र चिसापानीस्थित कृषि बिकास बैंकको शाखा कार्यालय पुनर्स्थापनाको माग गरेका हुन् ।
टोलीले नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामनी सिवाकोटीलाई भेटेर २०५८ सालमा बिस्थापित दुबै बैंकको शाखा कार्यालय पुनर्स्थापनाकालागि पहल थाल्न आग्रह गरेको छ ।
टोलीले ऐसेलुखर्कमा पुनर्स्थापनाको अन्तिम तयारी भएको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयलाई तत्काल सञ्चालनमा ल्याउन नेपाल राष्ट्र बैंक समक्ष माग गरेको छ ।