खोटाङ असोज–६, खोटाङस्थित साकेला गाउँपालिका–२ रतन्छामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । शुक्रवार अचानक भएको आगलागीमा परी सोही स्थानका बुर्जाबहादुर राई र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे गोर्लामका नैनबहादुर राईको घर जलेर नष्ट भएको प्रहरीले जनाएकोहो ।  
अगेनाबाट सुरु भएको आगलागीमा बुर्जाबहादुरको एक तले घर, घरभित्र रहेका अन्न, नगद १० हजार, लत्ता कपडा जल्दा करिब ४ लाख बराबरको क्षती भएको छ ।  यस्तै, आगलागीमा नैनबहादुरको एउटा गोरु, एउटा सुँगुर, मकैको थाँक्रो, नगद १५ हजार ५ सय, ४० वाटको सोलार लगायतका धनमाल डढेको बतासेका वडाध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । 
नैनबहादुरको घर तथा घरमा भएका घरायसी सामान जल्दा करिब ५ लाखको क्षती भएको प्रहरीले जनाएको छ । सुस्त मनोस्थितिका श्रीमतीले चलाएको आगोका कारण घटना भएको स्थानीयको अनुमान छ ।