खोटाङ, ५ बैसाख । खोटाङको बर्खेटार बस दुर्घट्नाका घाईतेलाई आर्थिक सहयोग गरिएको छ । खोटाङ सेवा समाज काठ्माण्डौंको अध्यक्ष राकेश राई संयोजक तथा जिल्लाका सबै दलका प्रतिनिधि सदस्य रहेको ७ सदस्यीय आर्थिक संकलन सहयोग समितिले दुर्घट्नामा घाईते भइ बिभिन्न अस्पतालमा उपचार गराइरहेका १० घाईते र एक मृतक परिवारलाई आर्थिक सहयोग गरेको हो ।

गत मंगलबार बिहान महादेबस्थान–१ बर्खेटारमा २५ जनाको ज्यान जानेगरी भएको बस दुर्घट्नामा घाईते भएका १० जनालाई प्रतिव्यक्ती २५ सयका दरले आर्थिक सहयोग गरिएको खोटाङ यातायात व्यवसायी संघका महासचिव राजकुमार राईले जानकारी दिनुभयो । यस्तै, उपचारकाक्रममा शनिबार राती मृत्यु भएका उदयपुर ठानागाउँ १ का देबराज गिरीको परिवारलाई ५ हजार सहयोग गरिएको आर्थिक सहयोग संकलन समितिले जनाएको छ । समितिले बिभिन्न व्यक्तीबाट सहयोग संकलन गरेर घाईतेलाई प्रदान गरेको हो ।

उपचारमा सघाउ पु¥याउनकालागि समितिले खोटाङको च्यास्मीटार ८ का रामकुमार राई, डिकुवा ६ का शुक्र राई, पाथेका ४ का मिलन राई, खार्मी ५ का खड्गबहादुर राई, उदयपुर थानागाउँ १ का अम्बरहादुर मगर, सोही ठाउँका प्रेमबहादुर राई, ताम्लिछाका ख्याम राई, बाँसबोटेका तिलकसेर राई, बिराटनगरका नबिन खनाल र रघुनाथ शाहलाई २५ सयका दरले सहयोग प्रदान गरेको हो । अन्य घाईतेलाई पनि क्रमशः सहयोग उपलव्ध गराइने समितिले जनाएको छ ।