खोटाङ, ९ बैसाख । महादेवस्थान–१ स्थित बर्खेटार भएको बस दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेकोे नगद, गहना र सामान उनिहरुको आफन्तलाई जिम्मा लगाईएको छ । घटनापछि प्रहरीले बरामत गरेका यात्रुले बोकेको झोला, सुनको औंठी, सिक्री, नगदलगायतका सवै सामान उनिहरुका आफन्तलाई जिम्मा लगाएको हो ।

बस दुर्घट्नापश्चात हालसम्म मृतकको साथबाट प्रहरीले बरामद गरेकोे २ लाख ४२ हजार ४०० र  उनिहरुको झोलाबाट बरामद भएको १ लाख ३४ हजार ४९० र एक जोर झुम्का उनिहरुका आफन्तलाई जिम्मा लगाईएको  जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बिद्यानन्द माझीले बताउनुभयो ।


घाईतेहरुको झोलाबाट बरामद भएको .१ लाख ५८ हजारसंगै मृतक र घाईतेहरुको जम्मा रकम ५ लाख ३५ हजार ९२० रुपैंया उनिहरुका आफन्तले जिम्मा लिईसकेका छन् । यस्तै घाईतेहरुको झोलामा रहेका जिन्सी सामानहरु सनाखत भए जति उनिहरुका आफन्तहरुलाई बुझाईसकिएको माझीको भनाई छ ।

प्रहरीका अनुसार मृतक तथा घाईतेमध्य केहिका सामान उनिहरुका आफन्त नआएकाले बझाउँन बाँकी रहेको जनाएको छ । बाकाचोल गाविस–४ की मृतक ममता राईको कागजात सहित ६ हजार ३ सय, निर्मलीडाँडा–३ की मृतक बिमला राईको साथमा रहेका कागजात र ४ हजार ९ सय ५० रुपैंया लिन उनिहरुका आफन्त नअआएकोले बुझाउन बाँकी रहेको प्रहरीले जनाएको छ  ।

यस्तै, बाकाचोल गाविस –४ की दीलकुमारी राईको कागजातसहित उनको साथमा रहेको ३ हजार ८ सय २० र याम्खा–७ का भैरव राईको कागजातसहित ६ हजार ५ सय २० रुपैंया बुझाउँन बाँकी रहेको छ । दुर्घटनामा घाईते बनेकी राखाबाङदेल–२ की सजिना दर्जीको कागजात र १ हजार ५ सय रुपैंया पनि उनका आफन्त सम्पर्कमा नआएकाले बुझाउँन बाँकी रहेको बताईएको छ ।

घटनापश्चात प्रहरीले बरामत गरेका सामानमध्य बुझन बाँकी रहेका सामान र नगद जिम्मा लिनका लागि उनिहरुका आफन्तलाई खवर गरिसकिएको उपरिक्षक माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “पीडितका आफन्तलाइ खवर गरिसकिएकोले बुझाउँन बाँकी रहेका सामान केहि दीनभीत्रमा बुझाईसक्नेछौं ।”

२०७२ सकिन केहि घण्टामात्र बाँकी रहदाँ दिक्तेलबाट काठमाडौंका लागि छुटेको बस महादेवस्थान–१ स्थित बर्खेटारमा दुर्घटनाग्रस्त भएको थियो ।  दुर्घटनाबाट २५ जनाको मृत्यु र ३० घाईते भएका थिए ।

बस दुर्घटनाका मृतक तथा घाइतेका आफन्तले नगद र गरगहना पाएनन्