प्रतियोगीतामा महिला एकलकाँतातर्फ रोश्मा राई र पुरुषतर्फ नबिन राईले स्वर्णपदक जितेको नेपाल सितोरियो कराते संघ खोटाङका उपाध्यक्ष मिलन कसजूले जानकारी दिनुभयो । महिला कुमितेतर्फ ४५ किलो तौल समूहमा रोष्मा राई र ५० किलो तौल समूहमा विद्याकला राईले स्वर्ण जितेकी हुन् । यस्तै, पुरुष कुमितेतर्फ ४५ किलो तौल समूहमा रोशन गुरुङ, ५० किलो तौल समूहमा अर्जुन श्रेष्ठ र ५५ किलो तौल समूहमा नविन राईले स्वर्ण पदक हात पारेका छन् ।
प्रतियोगीतामा बेस्टफाईटरको उपाधि पुरुषतर्फ दिक्तेलकै नबिन राई र महिलातर्फ बिद्याकला राईले जितेको सितोरियो करातेका सगरमाथा अञ्चल संयोजक तथा खोटाङका प्रमुख प्रशिक्षक विचारी तामाङले जानकारी दिनुभयो । ७ स्वर्ण पदकको लागि सगरमाथा अञ्चल भित्रका दिक्तेल नगरपालिका, उदयपुरको त्रियुगा, वेल्टार, वसाहा र कटारी नगरपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका, सिराहाको गोलवजार, धनगढी र लाहान नगरपालिका तथा सप्तरीको राजविराज र फत्तेपुर नगरपालिकाका खेलाडीले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगीतामा सोलुखुम्बुको सहभागीता रहेन ।
कुमितेमा दिक्तेलकी बिद्याकलाले त्रियुगा नगरपालिकाकी बिनिता राईलाई, रोश्माले ओखलढुंगाकी सर्मिला श्रेष्ठलाई, रोशनले धनगढी नगरपालिकाका सनम मगरलाई, अर्जुनले गोलबजारका मन्सी मगरलाई र नबिनले ओखलढुंगाका धनबहादुर भुजेललाई पछि पारेका हुन् ।
प्रतियोगीतामा दिक्तेल नगरपालिका टिम प्रथम, ओखलढुंगाको सिद्धिचरण नगरपालिका टिम दोश्रो र सिराहाको गोलबजार नगरपालिका टिम तेश्रो भएका छन् । प्रतियोगीताकालागि सितोरियो करातेका सगरमाथा अञ्चल संयोजक तथा खोटाङका प्रमुख प्रशिक्षक तामाङ, टिम प्रशिक्षक सुमन राई लगायतको टोली गाईघाट पुगेका छन् ।