खोटाङ, १४ बैसाख । जिल्ला विकास समितिको कार्यालयको वर्षौदेखिको बाँकी रहेको बेरुजु फर्छोट गरिएको छ । स्थापनाकालदेखि बेरुजुमा रहेको जिल्ला बिकास समितिको कार्यालय खोटाङले बेरुजु फर्छोट गरिएको हो ।
जिविस हालसम्म ८ करोड ४५ लाख बेरुजुमा रहेकोमध्य दुईमहिनाको अवधीमा २ करोड ३७ लाख फर्छौट गर्न सफल भएको स्थानिय बिकास अधिकारी निश्चलराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार, “पञ्चायतकालदेखिको बेरुजु रहेछ अहिलेसम्म फर्छौट गरिएको रहेनछ, अहिले केहि फर्छौट गर्न सफल भईयो । अव नियमीत बेरुजु फर्छौट गरेर जिविसको बेरुजु रहने प्रथा अन्त्य गर्नुछ ।”
उहाँका अनुसार, “जिविसमा हालसम्म आएका स्थानीय विकास अधिकारीले कहिले पनि फर्छौट गर्नमा ध्यान दिएका रहेनछन् अव यसलाई निरन्तरता दिएर समृद्ध जिविसको कार्यालय बनाउँनुछ ।”