खोटाङ, १७ बैसाख । खोटाङको बर्खेटार बस दुर्घटनाको विषयमा सत्यतथ्य पत्ता लगाउन गठित छानबीन समिति समितिले छानबीनका काम थालेको छ । चैत्र–३० गते मंगलबार महादेबस्थान–१ बर्खेटारमा २५ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनाको विषयमा छानबीन गर्न सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालको संयोजकत्वमा गठन गरिएको छानबीन समितिले छानबीनका काम थालेको हो ।
बस दुर्घट्नाको विषयमा स्थलगत अध्ययन, पिडितसँगको कुराकानी, स्थानीयबासी लगायतसँग भेटघाट गरेर ढिलोमा महिना दिन वा त्योभन्दा अगावै प्रतिबेदन बुझाउने गरी काम थालेको छानबीन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले बताउनुभयो ।
समितिको ७ सदस्यीय टोलीले बिहिबार हुर्लुङ देखि अर्खौले, बर्खेटार हुँदै हलेसीसम्म पुगेर अध्ययन घटनाका बिषयमा अध्ययन गरेको छ । अध्ययनकैक्रममा अर्खौका स्थानीयसँग घटनाका विषयमा जानकारी लिएको टोलीले घटनास्थलमा सडकको अवस्था, पर्खालको अवस्था, चालक, सडकको कमजोरीपक्ष लगायतका बिषयमा बिस्तृत अध्ययन गरेको छ ।
सदरमुकाम दिक्तेलबाट यात्रु लिएर काठमाण्डौं जाँदैगरेको बा २ ख ६३७६ नम्बरको बस महादेबस्थान–१ बर्खेटारमा दुर्घटना हुँदा २४ जनाको घटनास्थलमै र एक जनाको उपचारकोक्रममा मृत्यु भएको थियो ।