खोटाङ, १८ बैसाख  । सेञ्चुरी कमर्सियल बैंकले खोटाङको बाक्सिलामा शाखा रहित सेवा सुरु गरेको छ । सदरमुकाम दिक्तेलमा शाखा कार्यालय सञ्चालन गर्दैआएको सेञ्चुरी बैंकले शनिबारदेखि जिल्लाको उत्तरी व्यापारिक केन्द्रकोरुपमा रहेको बाक्सिलाबजारबाट शाखा रहित सेवा सुरु गरेको हो । बाक्सिला सेञ्चुरी कमर्सियल बैंकको शाखा रहित तेश्रो शाखा हो ।

शाखा रहित सेवा अन्तरगत बाक्सिलाबाटै खाता खोल्न, बचत गर्न, भुक्तानी लिन र रेमिट्यान्स लगायतका सेवा प्रबाह सुरु गरिएको बैंकले जनाएको छ । शाखा रहित सेवा बैंकका शाखा प्रबन्धक प्रबेश लम्सालले उदघाटन गरेका हुन् । बैंकको शाखारहित सेवा बाक्सिलास्थित दिपक ट्रेड एण्ड सप्लायर्सले सञ्चालनको जिम्मा लिएको छ ।

बैंकले यसअघि लामीडाँडामा पहिलो र हलेसीबाट दोश्रो शाखासहित सेवा सञ्चालनमा ल्याइसकेको छ ।