
खोटाङ असोज–१२, खोटाङमा धुम्रपान बिरुद्द फेसबुक अभियान चलाईएको छ । धुम्रपान तथा सुर्तीजन्य सेवनबाट हुने शारीरिक, सामाजिक र आर्थिक क्षती रोक्नका लागि स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल खोटाङले फेसबुक अभियान चलाएका हुन् ।
धुम्रपान सेवन गर्दै आएका नागरिकलाई धुम्रपान त्याग्न नैतिक दवाव सिर्जना गर्नका लागि धुम्रपान बिरुद्द फेसबुक अभियान चलाइएको स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालका अध्यक्ष दिलीप खत्रीले बताउनुभयो ।
सुर्तीजन्य पदार्थ सेवन नगर्न र स्वस्थ जीवन यापनका लागि सञ्जालका पदाधिकारी तथा सदस्यले फेसबुकबाट आव्हान गरेका छन् । सञ्जालले हालै एक विशेष बैठक वसी अभियान चलाउने निर्णय गरेको हो ।
निर्णयअनुरुप हरेक पदाधिकारी एबं सदस्यहरुले आफ्नो फेसबुक वालमा ‘हामी सबैको ऐक्यबद्धता ! सुर्तीजन्य पदार्थको न्यूनिकरण गर्ने प्रतिबद्धता !! सुर्तीजन्य पदार्थको सेवन नगरौं !!! स्वस्थ जीवन जिऔँ !!!! हाम्रो परिवार सुर्तीजन्य पदार्थमुक्त परिवार हो, अनि तपाईको नि ?’ लेखेका छन् ।