रामधन राई/खोटाङ
जेठ १ । खोटाङमा बालबालिकका लागि ३ दिने आधारभुत पत्रकारिता तथा रेडियो कार्यक्रम उत्पादन एबं उद्घोषण तालिम शुरु भएको छ ।
स्थानीय रुपाकोट सामुदायिक रेडियोको आयोजनामा जिल्लाका दिक्तेल नगरपालिकाका १५ वटै वडामा गठित बाल क्लब तथा नगर स्तरीय बाल सञ्जालका पदाधिकारीहरुको लागि तालिम शुरु गरिएको हो ।
दिक्तेल नगरपालिकाको आर्थिक सहयोगमा शनिबार सदरमुकाम दिक्तेलस्थित श्रेष्ठ होटलमा उक्त क्षमता अभिबृद्घि तालिमको आयोजना गरिएको स्टेशन मेनेजर सुर्य तामाङले जानकारी दिनुभयो । औपचारिक उद्घाटन गरी शुरु गरिएको तालिमका सहभागी बालबबालिकालाई समाचार लेखन, संकलन तथा बाल कार्यक्रम उत्पादन र उद्घोषण सम्बन्धी आधारभुत ज्ञान,सीप दिईने स्टेशन मेनेजर तामाङको भनाई छ ।
नेपाल पत्रकार महासंघ, खोटाङका अध्यक्ष दमन राई, सहसचिब केदार मगर, रेडियोका कार्यक्रम शाखा प्रमुख रामधन राईलगायत जिल्लामा स्थापित सञ्चारकर्मीहरुले तालिमको सहजीकरण गरिरहेका छन् ।
तालिम प्रदान गरी उत्पादन भएका बाल जनशक्तिलाई रेडियोमा बाल कार्यक्रम उत्पादन तथा सञ्चालनको जिम्मेवारी दिईने रुपाकोट रेडियोले जनाएको छ । तालिममा २० जना बालबालिका सहभागी छन् ।