
खोटाङ ६ जेठ । खोटाङमा बिजुली बलेपछि गाँउ झिलीमिली भएको छ । स्थानिय रुवाखोला (बुवाँखोला) मा निर्माण गरिएको लघुजल विद्युतबाट बिजुली बलेपछि देविस्थान गाविस झिलिमिली भएको हो ।

जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जीनियर राजु श्रेष्ठको उपस्थितिमा बिद्युत उत्पादन परिक्षण तथा प्रसारण गरिएको इन्जीनियर प्रतिक्षा सिलवालले जानकारी दिईन् ।
गाविसको ७ नम्बर वडा सम्म काम सम्पन्न भईसकेको भएपनि बाँकी वडामा ट्रान्समिसन लाईन, हाउस वाईरीङ लगायतको काम भइरहेको जिल्ला प्राविधिक कार्यालयका सव ईन्जीनियर तेज प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार केहि दीन अगाडी परिक्षण प्रसारण गरिएको लाईन, हाउस वाईरीङको केहि घरमा काम भइरहेकोले २/३ दिनभित्रमा गाविसभरी २४ घण्टा प्रसारण हुनेछ । उनका आर्थिक वर्ष ०७०/०७१ बाट निर्माण सुरु भएको आयोजना सञ्चालनमा आएपनिहालसम्म ९५ प्रतिशत सिभिल निर्माण र ७५ प्रतिशत इलेक्ट्रोमेकानीकलको काम सम्पन्न भईसकेको जिल्ला प्राविधिक कार्यालय जनाएको छ । देविस्थान गाविस जिल्लाको दक्षिणि क्षेत्रको अन्तिम गाविस हो ।
तस्विर: राजु श्रेष्ठ,फेसबुक