रामधन राई/ खोटाङ, ७ जेठ । खोटाङ  जिल्ला खुला दिसामुक्त जिल्ला घोषित भएको छ । सन् २०१७ सम्म खुला दिसमुक्त नेपाल बनाउने सरकारको अभियान अनुरुप खोटाङलाई शुक्रबार खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले ३५ औं खुला दिसामुक्त जिल्ला घोषणा गर्नुभएको हो ।

पञ्चेबाजा तथा बिभिन्न झाँकीसहितको ¥यालीले सदरमुकाम दिक्तेल बजार परिक्रमा गरेपछि स्थानीय हेलिप्याडमा घोषणा सभाको आयोजना गरिएको खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सचिवालय संयोजकक धनप्रसाद गिरीले जानकारी दिनुभयो । दुई निर्बाचन क्षेत्रका ७२ गाबिस र एक नगरपालिका रहेका जिल्लामा सबै घरमा चर्पी निर्माण तथा प्रयोग गर्न थालिएपछि जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको संयोजक गिरीको भनाई छ ।

तस्बिरः दिनेश खत्रीको फेसबुकबाट

घोषणा सभामा ब्यवस्थापिका सांसदहरु सरस्वती बजिमय, बिशाल भट्टराई र पाँचकर्ण राई, खानेपानी तथा ढल निकास बिभागका उपमहानिर्देशक मनोज घिमिरे, क्षेत्रीय निर्देशक एबं आरवाससीसीका सदस्य सचिब शंकरप्रसाद जैसवाल लगायतको उपस्थिती थियो । यस्तै, छिमेकी जिल्लाहरु उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र भाृजपुरका स्थानीय बिकास अधिकारीहरुलाई समेत निम्त्याईएको थियो ।

बिभिन्न साँस्कृतिक प्रस्तुती समेत रहेको खुला दिसामुक्त घोषणा कार्यक्रममा जिल्लाबासीको उल्लासमय उपस्थिती रहे पनि एक्कासी परेको भारी बर्षाका कारण कार्यक्रमलाई खल्लो बनाएको छ । प्रमुख अतिथि मन्त्री सिंहले घोषण गरेपछि केही अतिथिले मन्तब्य राख्दा राख्दै भारी बर्षा आएर मञ्च नै भताभुङग बनाएपछि सभा आफै सकिएको हो ।

‘‘एक घर एक चर्पी नजिकैमा धारा, खुला दिसामुक्त खोटाङ बनाओैं लागी परौं सारा !’’ भन्ने नाराका साथ जिल्लाबासी खुला दिसामुक्त अभियानमा जुटेका थिए ।