खोटाङ, १५ जेठ । तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको सडक खण्डमा पर्ने सुनकोसी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज झिकिएको छ । खोटाङको दक्षिणी गाविस लिच्कीराम्चे र उदयपुरको आँपटार गाविस जोड्ने फोक्सिङ्टारस्थित सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज झिकिएको हो ।
महुरे–फोक्सिङटार सडक खण्डमा पर्ने सुनकोसी नदीमा गत पुसमा जठान गरिएको अस्थायी बेलिब्रिज झिकेपछि तराई तथा अन्य जिल्ला जाने सिधा यातायात सेवा विच्छेद भएको छ । सुनकोसी, दूधकोसी, तामाकोसी, लिखु र ईन्द्रावतिगरि पाँचवटा नदी मिसिएर बग्ने फोक्सिङटारमा हिउँदमा मात्र सञ्चालन गर्नेगरि अस्थायी बेलिब्रिज जडान गरिन्छ ।
फोक्सिङ्टारमा सञ्चालित बेलिब्रिज झिकिएपछि जिल्लावासीलाई तराई लगायत अन्य जिल्ला आवत÷जावतका साथै दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या भएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । पक्की पुल नबनेसम्म हिउँदभर सञ्चालन गर्ने र वर्षा लागेपछि झिक्नेगरी दुई वर्षअघिदेखि सुनकोसी नदीमा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको छ ।
पक्की पुल निर्माणका लागि ठेक्का लागी सकेको फोक्सिङ्टारमा अहिलेसम्म निर्माणको काम सुरु भएको छैन । दुई वर्ष नै शिलान्यास गरिएको पुल निर्माणमा ठेकेदारले लापरबाही गरेकाले काम नभएको स्थानीयको आरोप छ ।
यो पनि