अवशर पाएका छात्र राईलाई कोषले अनल ज्योती बोर्डिङ स्कुल ललितपुरमा कक्षा २ मा भर्ना गरिदिएको दाजु गणेश राईले बताए । बुवा काजीमान राई र आमा जयकुमारी राईको कान्छो छोरा एञ्जलको दाहिने हातको कुहिनोमुनिको भाग छैन । ९ महिनाकोछँदा सुताएको ठाउँबाट सर्दै जाँदा आगोमा परेका उनको हात उपचारकाक्रममा काटेर फालिएको हो ।
अपांग भाई एञ्जल र गणेश । |
राई परिवारका ६ दाजुभाईमध्ये साईलो छोरो गणेश पनि जन्मजात अपांग हुन् । गणेशको पनि दुबै हातको कुहिनामुनिको भाग छैन । तर, तिनै आधा हातले हरेक काम गर्न सक्षम छन् गणेश । जन्मजात अपांग हातले कलम च्यापेर लेख्छन्, कितावका पाना पल्टाउँछन् । त्यही आधा हातले मोबाइल चलाउँछन्, लुगा धुन्छन्, नुहाउँछन् र खाना पकाउँछन् । दिक्तेल बहुमुखी क्याम्पसबाट बिबिएस तेश्रो वर्षको परिक्षा दिएर बसिरहेका गणेश अधकल्चो हातले कम्प्यूटर र ल्यापटपसम्म चलाउँछन् । सुरुमा आँगनको माटोमा खुट्टाले लेखपढ गर्न सिकेका गणेशले देशको अशल नागरिक बन्ने लक्ष्य लिएको बताए ।