खोटाङ, १७ जेठ  । पुर्वाञ्चल क्षेत्र स्तरिय राष्ट्रपति कपमा खोटाङले सितोरियो करातेतर्फ ५ स्वर्ण पदक जितेको छ । सितोरियोतर्फको जम्मा ८ वटा स्वर्णकालागि भएको प्रतिष्पर्धामा खोटाङले ५ स्वर्ण जितेको हो । शनिबार र आईतबार झापाको काँकडभिट्टामा आयोजित प्रतियोगीतामा छात्रा कुमितेतर्फ ५० केजी समुहमा बिद्याकला राई, ४० केजी समुहमा नञ्जु राई, छात्र कुमितेतर्फ ४२ केजी समुहमा सरोज दाहाल र ४७ केजी समुहमा रोशन गुरुङले एक÷एक स्वर्ण जितेका छन् । यस्तै, काँतामा रोशन गुरुङ र बिद्याकला राईले एक÷एक स्वर्ण दिलाएको नेपाल सितोरियो कराते संघ खोटाङका सचिव सुमन राईले जानकारी दिए । गत वर्ष खोटाङले सितोरियोमा ३ स्वर्ण जितेको थियो ।

प्रतियोगीतामा छात्रातर्फको १५ सय र ३ हजार मिटर दौडमा दिर्पा बस्नेतले दुबै स्वर्ण जितेकी छन् । छात्रा सटफुटमा बिनिता राई र ८ सय मिटर दौडमा शान्ता निरौलाले गोल्डमेडल जितेकी छन् । छात्रातर्फकै १५ सय मिटर दौडमा पनि शान्ता निरौला तेश्रो र छात्रतर्फको ३ हजार मिटर दौडमा किरण राईले दोश्रो स्थान प्राप्त गसेको जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख लिलाभक्त केसीले जानकारी दिए ।