दिक्तेलस्थित होटल शुभदिनमा काम गर्दैआएकी दोर्पाचिउरीडाँडाकी महिला कामदार र उनकी ३ वर्षीय बच्चामाथि कुटपिट तथा यौन दुव्र्यबहार गरेको आरोपमा पक्राउ परेका सञ्चालक हरिप्रसाद आचार्य, प्रबन्ध निर्देशक दिपनारायण रिजालका छोरा कबिराज रिजाल र कामदार तिलक कार्की ३० हजार धरौटी बुझाएर रिहा भएका हुन् ।
कुटपिट तथा यौनदुव्र्यबहार गरेको आरोपमा बैशाख–२८ गते पक्राउ परेका सञ्चालक हरिप्रसाद १० हजार, कबिराज १५ हजार र तिलक ५ हजार धरौटी बुझाएर सोमबार रिहा भएका हुन् । कामदार आमाछोरीमाथि भएको कुटपिट तथा यौनदुव्र्यवहारका घट्नालाई मिलापत्रमा टुंग्याउने प्रयास भएपछि राष्ट्रिय मानव अधिकार आयोगको निर्देशनमा प्रहरीले दोषीउपर कारबाही प्रकृया अघि बढाएको हो ।
‘दोषीका बिरुद्ध जाहेरी नपरेको’ भन्दै कारबाही गर्नबाट प्रहरी पन्छिरहेको अवस्थामा आयोगले घाजाँच केश फारमलाई फस्ट इन्फमेसन रिपोर्ट (एफआइआर) मानेर दोषी उपर किटानी जाहेरी दर्ता गरेर अनुसन्धान थाल्न निर्देशन दिएको थियो । आयोगको सोही निर्देशनपछि आरोपितहरु पक्राउ परेका थिए । मिलापत्रपछि पिडकबिरुद्ध उजुरी नपर्दा अनुसन्धान थाल्न अप्ठ्यारो भएको प्रहरीले बताएपछि आयोगले घाजाँच केश फारमकै आधारमा कारबाही प्रकृया थाल्न निर्देशन दिएको थियो । तर, उद्धारपछि प्रहरी संरक्षणमा पु¥याइएका महिलाले दवावमा मिलापत्र गराइएको भन्दै आरोपितबिरुद्ध उजुरी दिएको प्रहरीले जनाएको छ ।
घटना सार्वजनिक भएको हप्ता दिनपछि मिलापत्र गराएर पिडितलाई थप पिडित बनाइएको भन्दै आयोगको निर्देशनमा आयोगको टोली र प्रहरीले संयुक्तरुपमा तामाङ आमाछोरीलाई दिक्तेलस्थित कुमारी चलचित्र हल नजिक रहेको डेराबाट उद्धार गरेर जिल्ला प्रहरी कार्यालयको संरक्षणमा पु¥याइएको थियो । मिलापत्र गराएर राजधानी पठाउन लागेको जानकारी पाएपछि प्रहरीलाई उद्धार गर्न निर्देशन दिइएको आयोगको भनाइ थियो । प्रमाण र पीडितको वयान अनुरुप ठहर भए आरोपितलाई अदालतले घरेलु हिंसा अन्तरगत कारवाही गर्न सक्ने जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्धा साखाका सई मनोज यादवले बताए ।
जाँच केश फारमकालागि पिडितले बैसाख–२१ गते मंगलबार प्रहरीलाई दिएको निबेदनमा होटलमा काम सुरु गरेको महिना दिनदेखि नै हरिप्रसादले यौन आशयले जिस्क्याउने, सम्बेदनशिल अंग छुन प्रयास गर्ने, घरभित्र बाहिर गर्दा छुन खोज्दै हिँड्ने गरेको उल्लेख छ । यस्तै, कबिराजले समेत संबेदनशिल अंग छुन प्रयास गर्ने, यौन प्रस्ताव राख्ने गरेको, तीन वर्ष लागेकी नाबालिका छोरीलाई चलकेट दिएर कोठामा लगेर नाङ्गो बनाएर यौनाङ्ग सुमसुम्याउने र बैसाख–१४ गते यौनाङ्गमा टोकेर घाउ बनाइदिएको आरोप छ । होटलमा आएको ग्राहकको मोबाईल चोरेको आरोपमा कोपिलादेबीको आदेसमा बैसाख–११ गते राती कोठामा थुनेर कामदार तिलक कार्कीलाई कुटपिट गर्न लगाएर मरणासन्न अवस्था बनाएको पिडितको भनाई छ ।
काठमाण्डौं माईती भएकी पिडित महिला २०६९ साल मंसिरमा बिवाह गरेर खोटाङ आएकी हुन् । श्रीमानले छाडेपछि र परिवारबाट निकालिएपछि उनी दिक्तेलस्थित बालसेवा समाज नेर्पाको संरक्षणमा आइपुगेकी थिइन् । घरबाट विस्थापित भएपछि २०७१ साल बैसाख–६ गतेदेखि बालसेवाको संरक्षणमा रहेकी आमाछोरीलाई गत माघ–२३ गतेदेखि होटल शुभदिनमा ज्यालादारी कामदारकारुपमा लगिएको थियो । उनको माइतीतर्फका कोही आफन्त नभएका कारण पनि घरबाट निकालिएपछि संरक्षणमा बस्न बाध्य बनेकी हुन् । आफन्त नभएकै कारण उनी बिचल्नीमा परेकी छन् ।
मिलापत्रमा आपसमा दोषारोपण नगर्ने र कतै सार्वजनिक नगर्ने, कुनै निकायमा उजुरबाजुर नगर्ने, पिडितलाई स्थापित गर्न पहल गर्ने सहमती भएको सार्वजनिक भएको थियो । दुव्र्यबहारको विषयमा जानकारी भएपछि बैसाख–१७ गते उनलाई महिला रक्षक सञ्जालकी अध्यक्ष पुर्णकला तामाङ, रेखा राई, निसाना राई, रश्मी रसाइली लगायतको सम्पर्कमा ल्याइएको थियो ।