
ऐतिहासिक महत्व राख्ने एबं जिल्लाको गर्वको विषयकारुपमा सञ्चालन हुन लागेको प्रतियोगीताको सफलताकालागि समाजसेबी राईले १ लाख ५० हजार आर्थिक सहयोग गर्नुभएको आयोजक नेपाल सितोरियो कराते संघको खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभयो । देश तथा बिदेशबाट आउने खेलाडीलाई खानेबस्ने लगायतको प्रबन्धकालागि आर्थिक समस्या झेलीरहेका आयोजकलाई समाजसेबी राईले आफ्नै कार्यक्रम सम्झेर सहयोग गर्नु भएको हो ।
समाजसेबी राई पुर्व यूके आर्मी, नेपाल चेम्बर्स अफ कमर्स हङकङका संस्थापक अध्यक्ष एबं एफएनसिसिआइको सल्लाहकार हुनुहुन्छ । जन्मथलो नुनथलामा तेजतुलसी बोर्डिङ स्कुल स्थापना गरिसक्नु भएका राईले गत वर्ष भूकम्प पिडितलाई राहत समेत बितरण गर्नु भएको थियो ।
माटिकारे खेलमैदानमा हुने ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’मा नेपाल बाहेक भारत र भूटानका खेलाडीको प्रतिष्पर्धा हुने छ । बिभिन्न शुभुच्छुक दाताकै सहयोगमा प्रतियोगीता हुन लागेको हो ।