खोटाङ असोज–१६, खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीमा एकै दिन दुई नवजात शिशुको मृत्यु भएपछि जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पठाएको छ । साबिकको फेदी–१ का १७ दिनको छोरा र साबिकका फेदी–३ की २८ दिनको छोरीको असोज १२ गते शुक्रबार मृत्यु भएपछि सोमबार जिल्ला अस्पताल खोटाङबाट डाक्टर नबिन देबकोटा, बिश्वनाथ यादव लगायतको टोली फेदीतर्फ गएको हो ।
 घटनाको अनुसन्धानका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जनाइएको छ । 
एउटै खोप केन्द्रका शिशुको मृत्युको कारण खुल्न नसकेको स्वास्थ्यचौकी फेदीका एचए सञ्जिव राईले बताउनुभयो । बालबच्चालाई असोज १० गते बिसिजि खोप लगाइएको थियो ।