जेठ १९ । खोटाङको छिमेकी जिल्ला ओखलढुंगामा ट्याक्टर दुर्घटना हुँदा चारजना विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ । जिल्लाको फुलबारी, घोराखोरीबाट ना ५ त २५१२ नम्बरको ट्याक्टरसडकबाट करिव पाँच सय मिटर तल खस्दा विद्यार्थी सहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।
ढुंगा ढुवानीका लागि विलन्दु गाविस जाने क्रममा ट्याक्टर खस्दा खोटागं च्यास्मिटार ४ का हिराबादुर राई तथा ज्ञान प्रकाश उच्च मावि घोराखोरी ओखलढुंगामा कक्षा ९ मा अध्ययनरत छात्र अमिरे घिमिरे, मिलन घिमिरे, विष्णु बराल, कक्षा ८ मा अध्ययनरत र अनिस खड्का र रहेको स्थानीय राजन बुढाथोकीले जानकारी दिनुभयो ।
प्रत्यक्षदर्शीका अनुसार सहचालकले ट्याक्टर चलाउँदा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान जानेहरुको शव घटनास्थलमै रहेको र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली घटनास्थल अनुसन्धान तथा उद्धारका लागि खटिएको प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहले बताउनुभयो ।
दुर्घटनाका घाइते फुलबारी ४ का प्रेम थापाको फुलबारी स्वाथ्य चौकीमा उपचार भइरहेको स्थानीय बासिन्दा टिका बुढाथोकीको भनाइ छ ।