खोटाङ–१६, सामुदायीक बन उपभोक्ता महासंघको केन्द्रीय सदस्यका लागि खोटाङको उम्मेदवारी परेको छ । काठ्माण्डौंमा जारी सामुदायीक बन उपभोक्ता महासंघ केन्द्रीय समितिको अधिबेसनमा केन्द्रीय सदस्यका लागि सम्बर भुजेलको उम्मेदवारी परेको हो । 
महासंघको केन्द्रीय सदस्यमा भुजेललाई जिताउनका लागि खोटाङको टोली मैदानमा उत्रिएको सामुदायीक बन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राईले बताए । जिल्लाको कोषाध्यक्ष रहेका भुजेललाई सिमान्तकृतकातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनाइएको हो । 
अधिबेसनमा मुलुकभरका २२ हजारभन्दा बढि सामुदायीक बन उपभोक्ता महासंघका ७ सय प्रतिनिधि सहभागी छन् ।